घुस लिएको आरोपमा इन्सपेक्टर शर्मा निलम्बित
बिहीबार, २३ पुस २०७७, १३ : ३०
काठमाडौं । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।
सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए । डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङका आधारमा तानिएका शर्मालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई लेखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना
-
नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'