शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा इन्सपेक्टर शर्मा निलम्बित

बिहीबार, २३ पुस २०७७, १३ : ३०
बिहीबार, २३ पुस २०७७

काठमाडौं । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।  

सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।  डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङका आधारमा तानिएका शर्मालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई लेखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप