शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो नीजि जीवनमा फोटोग्राफरको दखलमा रिसाइन् अनुष्काः भनिन्, ‘अहिले नै बन्द गर यी सब’

बिहीबार, २३ पुस २०७७, १३ : १९
बिहीबार, २३ पुस २०७७

बलिउड अभिनेत्री अनुष्का शर्मा, श्रीमान् विराट कोहलीसँग आफ्नो घरको बालकोनीमा सँगै बसिरहेकी थिइन् । उनीहरुको यो नीजि पललाई फोटोग्राफरले आफ्नो क्यामरामा कैद गरे जुन प्रकाशित पनि गरियो । 

तर आफ्नो यस्तो तस्बिर सार्वजनिक भएकोमा अनुष्काले आफ्नो रिस पोखेकी छिन् । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखिन्, ‘फोटोग्राफर र पब्लिकेसनलाई थुप्रै पटक यसो नगर्न भन्दा पनि उनीहरु हाम्रो गोपनियतामा दखल दिइरहेका छन् । अहिले नै बन्द गर यी सब ।’

अनुष्काको तस्बिरमा फोटोग्राफरले उनीहरुका कुन चाँहि तस्बिर सेयर गरेका थिए भनेर देख्न सक्नुहुन्छ । 

एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा अनुष्काले आफूहरुले आफ्नो बच्चालाई सोसल मिडियामा ल्याउन नचाहेको जानकारी दिएकी छिन् ।

स्मरण रहोस्, अनुष्का यहि महिना आमा बन्दै छिन् । यस्तो समयमा अनुष्का आफ्नो धेरैभन्दा धेरै समय आफ्नो परिवार र विराटसँग बिताइरहेकी छिन् ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप