मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवन गरी सह–चालकले बस चलाएपछि...

बिहीबार, २३ पुस २०७७, १३ : १२
बिहीबार, २३ पुस २०७७

काठमाडौँ – मोरङ जिल्लाको विराटनगर महानगरपालिका–३ बरगाछीमा बस दुर्घटना हुँदा बसका एक जना घाइते भएका छन् ।

बुधबार राति ११ बजे पार्किङमा राखेको को १ ख ५२४१ नम्बरको डिलक्स बस दुर्घटना हुँदा सुनसरी कोसी गाउँपालिका–७ भण्टाबारीका रक्कु भनिने २४ वर्षीय राकेश कार्की घाइते भएका हुन् । कार्कीको विराट नर्सिङ होम र विराटनगर अस्पतालको आईसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसन्धानमा कार्की दिक्तेल–ओखलढुंगा चल्ने ना.५.ख ३५०३ नम्बरको बसमा सह–चालक भएको र केही महिनादेखि बेरोजगार भएको खुलेको छ । उनले बुधबार राति ११ बजे चालक सुत्न गएको समयमा मादक पदार्थ सेवन गरी बस चलाएको प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए । 

प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार कार्कीले मादक पदार्थ सेवन गरी नशामा बस चलाउँदा होस नभएर बस आफै अनियन्त्रित भइ दुर्घटनामा परेको हो । उनले अत्यधिक मदिरा सेवन गरेको र दुर्घटनापछि पनि उनी बसले किचिरहेको अवस्थामा फेला परेको प्रवक्ता राईले बताए । 

बस सडकबाट विपरित दिशामा गएर दुर्घटनामा परेको राईले जानकारी दिए । बस सडकको विपरीततिर गएर दुर्घटनामा परेको छ । उत्तरतर्फ गइरहेको बस छ लेन सडक पार गर्दै पूर्वतर्फ अर्थात चालकको दायाँतिर पुगेर बिजुलीको पोलमा ठोक्किएको प्रहरी नायव उपरीक्षक राईले बताए । 

उनले बस ठोक्किएपछि बिजुलीको पोल भाँच्चिएको जानकारी दिए । दुर्घटनापछि पोल भाँच्चिएर अगाडि पुगेको बसले एसबीआई बैंकको एटीएम बुथ रहेको सटरमा पनि क्षति गरेको राईको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप