शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिउने पानीको कमी हल गर्ने उपाय: अब हावाबाटै बन्छ पिउने पानी !

बिहीबार, २३ पुस २०७७, १२ : २७
बिहीबार, २३ पुस २०७७


निश्चय पनि यो समाचारले नेपाललाई सुखद अनुभूति गराउँछ।  कुनै बेला 'नेपालको धन हरियो वन' भनेर मख्ख हुने हाम्रो मानसिकतालाई आधात त्यो बेला पुग्यो जब थाहा भयो रुख धन नभएर पृथ्वीमा प्राणवायु  (ऑक्सीजन ) का  श्रोत हुन्। धन भएर पनि त्यस धनको मनलाग्दो प्रयोग /उपयोग गर्नमा राष्ट्रियदेखि अन्तराष्ट्रिय कानून बाधा बने।

त्यस यता नेपालले जल सम्पदालाई लिएर दिवा स्वपना देख्दै आएको थियो। गफ कहाँसम्म पुगे भने अब हुने तेश्रो विश्वयुद्ध पानी कै लागि हुन्छ।  खैर सपना देख्नु मानवको प्रकृति प्रदत्त अधिकार हो, चाहे त्यों  'मुंगेरीलालको हसीन सपना झैँ' किन नहोस्।

जल सम्पदालाई लिएर गर्व अनुभूति  गर्ने विश्वका जलश्रोत धनीहरुको सपनामा आघात पुग्ने एउटा समाचार इजरायलबाट आएको छ। यस समाचारले कसैको सपना ध्वस्त गर्छ भने संसार कै ठुला ठूला शहरलाई ककाकुलको  विडम्ब्नाबाट मुक्ति पनि दिनेछ।

इजरायलको एउटा कम्पनीले हवाबाट पानी बनाउने  प्रविधि विकसित गरेको छ।  यस प्रविधिले सौर ऊर्जाको प्रयोग गरेर हावामा रहेको नमीबाट पिउने योग्य पानी बनाउने सफलता पाएको छ।

 इजरायलको वाटरजेन नाम गरेको कंपनीले एउटा 'एटमोस्फियरिक वाटर जेनरेटर' (atmospheric water generator  ) मेसिन बनाएको छ। यस मेसिनले प्रतिदिन ५ हज़ार देखि ६ हज़ार लीटर पेयजल उत्पादन गर्छ।  हवाबाट पानी उत्पादन गर्ने आइडिया रूसी -इजरायली अर्बपति व्यापारी माइकल मिरिलाश्विलीले साकार बनाएका हुन्।

वाटरजेन कम्पनीले इजरायलको घना बस्ती रहेको गाजा पट्टी क्षेत्रमा हावाबाट पानी बनाउने काम गरिरहेको छ। प्यालेष्टनी सिविल सोसाइटी ग्रुप डामोरका इन्जिनियर फथी  शेख खलील भन्छन् - अहिले हावाबाट पानी बनाउने प्रक्रिया प्रारम्भिक स्तरमा छ, छिट्टै नै यसमा द्रुत गतिले विकास हुन्छ। उनका अनुसार हावामा नमीको स्तर ६५ प्रतिशत   हुँदा वाटरजेन मेसीनले ५  हज़ार लीटर पानी बनाउन सक्छ। र हवामा नमीको प्रतिशत ६५ भन्दा बढी हुँदा अझै बढी मात्रामा पानी बनाउन सकिन्छ।  

इजरायलको हवाबाट पानी बनाउने मेसीनले संसार कै तिर्खा मेट्ने विश्वास गर्न सकिन्छ।  विश्वका अधिकांश ठूला शहरहरुमा पेयजलको ठूलो संकट छ।  'एटमोस्फियरिक वाटर जेनरेटर' का माध्यमले ठूला शहरको पानी समस्या हल हुने विश्वास लिइएको छ।  यस मेसीनको प्रयोगले घर घरमै पानीको निर्माण हुने कल्पना साकार गर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप