विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
बिहीबार, २३ पुस २०७७, १२ : १८

काठमाडौँ – देशका विभिन्न स्थानमा तीन जनाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेकाहरुको शवको विषयमा प्रहरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै कटेरोभित्र तनहुँ भानु नगरपालिका(३ बस्ने ३८ वर्षीय दिपक गुरुङ बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–६ गैह्रीगाँउस्थित बाटोमा सोही गाउँपालिका–५ धारापानी काउँरे घर भई हाल सोही नगरपालिका–१८ लामागाँउ बस्ने ६० वर्षीया दाउरी बिक बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यता, पाल्पाको रिब्दिकोट गाउँपालिका–५ जैथुममा बस्ने ३६ वर्षीय सन्तोश कुमाल तानसेन नगरपालिका–६ गणेशधारास्थित हबी मियाको गरको भुई तल्लामा बुधबार राति मृत अवस्थामा फेला परेका छन् ।