छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं – देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
मृत्य हुनेहरुमा काभ्रे जिल्लाका एक जना, बागलुङ जिल्लाका एक जना र बारा जिल्लाका एक जना रहेका छन् ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ रानीटारस्थित सडकमा बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र सापकोटा रहेका छन् । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
यसैगरी, बागलुङ निसीखोला गाउँपालिका–२ स्थित सडकमा रोकी राखेको ग ३ च २७१३ नम्बरको पिकअप स्टार्ट गर्ने क्रममा सडकबाट करिब ५ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका–३ बस्ने २७ वर्षीय कमरा रोक्का मगरको घटनास्थलमै मृत्यु भएको छ । अन्य ७ जना सामान्य घाइते भएकोमा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यता, बारा निजगढ नगरपालिका(११ तमागढीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेको पैदलयात्री करिब ४५ वर्षीय पुरुष व्यक्तिको बिहीबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीका प्रशिक्षकको विचित्र व्यवहार : खेल बराबरीमा सकिएपछि अनुहार र टाउकोमा घाउ बनाए !
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी