आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हास्यकलाकार श्रीकृष्णले ल्याए ‘४ करोडको मोटर ’

बिहीबार, २३ पुस २०७७, ०९ : ३९
बिहीबार, २३ पुस २०७७

काठमाडौं । हास्यकलाकार तथा गायक श्रीकृष्ण सिंखडाले ब्याङ्ग्य गीत ‘४ करोडको मोटर’ ल्याएका छन् । आफ्नै शब्दमा उनले सो गीत ल्याएका हुन् । गीतमा संगीत तथा संगीत संयोजन संजय खड्गीको रहेको छ ।

गीतमार्फत गायक सिंखडाले कोरोना बिमारीले भेन्टिलेटर नपाएको देशमा मन्त्रीहरुले ४ करोडको गाडी चढेको बिषयमा ब्याङ्ग्य प्रहार गरेका छन् । उनको गीतमा भ्रष्टाचार, नेताहरुले दिने गरेको हावादारी भाषण, कमिसनलगायतका विषयसमेत गीतमा उठाएका छन् । गीतको भिडियो समेत बनेको छ ।

भिडियोमा गायक श्रीकृष्णको अलवा रेनु कोईराला, सविना सिल्पकार, डीना कोइराला, कृतिका सिंखडालगायतको अभिनय रहेको छ । लोक चन्द्र थापाको छायाँकन, सुविन ढकालको सम्पादन भिडियोमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप