बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी संसद भित्र र बाहिरको हिंसाका तस्बिर

बिहीबार, २३ पुस २०७७, ०९ : २६
बिहीबार, २३ पुस २०७७

ट्रम्पका हतियारधारी समर्थक अमेरिकाको संसद भवनमा प्रवेश गरे । बुधबार अमेरिकी संसदले बाइडेनको जीतको पुष्टिका बसेको थियो, त्यति नै बेला ट्रम्प समर्थकले हमला गरिदिए । यसमा एक महिलाको मृत्यु भएको छ । 


ट्रम्प समर्थकको  हिंस्रक भीडले गरेको झडपका बेलाको तस्बिर । ट्रम्प समर्थकले पूरा भवनमा अव्यस्था फैलाइदिएको थियो । 

भवन भित्र प्रदर्शनकारी तस्बिर खिच्दै 

प्रहरी अधिकारीसाग प्रदर्शनकारी कुरा गर्र्र्दै । यो तस्बिर निकै तनावपूर्ण माहौलका बीच खिचिएको हो । 

थुप्रै प्रदर्शनकारीले सुरक्षाबललाई हिरासतमा लिएका छन् । 

सिनेट चेम्बरमा सांसद र स्टाफ सुरक्षात्मक ग्यास मास्क  लगाउँदै 

एक प्रदर्शनकारी बाल्कोनीबाट हाम फाल्दै

केही प्रदर्शनकारी यसरी आएका थिए । 

प्रहरीले सिनेट चेम्बरभित्र एक प्रदर्शनकारीमाथि बन्दुक ताक्दै

एक ट्रम्प समर्थक प्रदर्शनकारी स्ट्याचु अफ लिबर्टीको पहिरनमा 

प्रहरीले एक प्रदर्शनकारीमाथि पेपर स्प्रे छर्कँदै । यी प्रदर्शनकारी झ्यालबाट भित्र छिरेका थिए । 

सबैभन्दा संसद भवन बाहिर प्रदर्शनकारी जम्मा भएका थिए । संसद भवन वासिङ्टन डिसीमा छ । 

दर्जनौं प्रदर्शनकारी संसद भवन भित्र प्रवेश गरेपछि खुसी मनाउँदै ।

एक प्रदर्शनकारी संसद भवन भित्रको एउटा स्तम्भ लिएर बाहिर निस्कँदै

एक प्रदर्शनकारी झण्डा लहराउँदै जसमा लेखिएको छ – मेरा राष्ट्रपति ट्रम्प हुन् । 

एक प्रदर्शनकारी अमेरिकी हाउस स्पिकर न्यान्सी पोलेसीको सिटमा बसे । 

तस्बिरः बीबीसी

 

तस्बिरः रोयटर्स

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप