प्रधानमन्त्री ओली र उनकी पत्नीको संयुक्त उद्धार कार्यक्रमपछि सडक मानवमुक्त देश घोषणा गर्ने तयारी

काठमाडौँ । दुई साताअघि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ । अब चाँडै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी थालिएको छ ।
पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले संयुक्त रूपमा उद्धार सुरुआतको घोषणा गरेका थिए । सोही रात मानव सेवा आश्रमको ३५ जनाको टोली देशव्यापी उद्धार अभियानमा निस्केको थियो ।
नेपाल सरकारले आश्रमसँगको सहकार्यमा २०७८ सालमा सडक मानव मुक्त देश नेपाल घोषणा गर्ने तयारी गरिरहेको छ । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई आश्रमसँग सहकार्य गरी सडकमा कोही पनि व्यक्ति भोको र अशक्त नराख्न सरकारले निर्देशन दिएको छ । सोहीअनुसार स्थानीय तहले आश्रमलाई सडक मानव उद्धारका लागि समन्वय र सहकार्य गरेर सघाइरहेको छ ।
पूर्वको मेचीदेखि सुरु भएको उद्धार अभियानअन्तर्गत १३ दिनमा चार सयभन्दा बढी अशक्त, सहयोगापेक्षी र मानसिक रोगीलाई सडकबाट उद्धार गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । उहाँका अनुसार आफैँले जन्माएका सन्तानको हेलामा परी सडकमा पुगेका वृद्धवृद्धा, मानसिक रोग लागेर परिवारले छाडेका व्यक्ति, माग्ने पेसा अपनाएका, अरू देशबाट आएर सडकमा अलपत्र परेका व्यक्ति बढी भेटिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित