अन्टार्कटिकाबाट न्यूयोर्क शहरभन्दा सात गुना ठूलो हिमखण्ड टुक्रियो !
अन्टार्कटिका ( Antarctica) मा रहेको विशाल हिमवत खण्डबाट बेग्लै भई एउटा हिमखण्ड 'आइसबर्ग' (iceberg) दक्षिणी जर्जियाको दिशामा अघि बढ्दै गइरहेको छ। यस घटनाले विश्वका वैज्ञानिकलाई चिन्तित बनाएको छ।
यस आइसबर्गको आकार ५,८०० वर्ग किमी रहेको छ। यो भनेको अमेरिकाको न्यूयोर्क शहरभन्दा सात गुना ठूलो आकार हो। वैज्ञानिकहरुका अनुसार यसले विश्व कै पर्यावरणमा नोक्सानी पुर्याउन सक्छ।
यस सम्बन्धी विज्ञहरुका अनुसार यति ठूलो हिमखण्ड चोइटिएर समुद्रका लहरसँगै अघि बढ्नु चिंताजनक हो। यो हिमखण्ड कम पानी भएको कुनै ठाउँमा गई अड्कियो भने त्यस वरिपरीको समुद्री जीवन ध्वस्त हुन सक्छ। त्यहाँका वनस्पति र जीव जन्तु सखाप हुन सक्छन्।
यस हिमखण्डलाई A68a नाम दिइएको छ।
कड़ा चट्टान झै संरचना भएको यस हिमखण्डले समुद्री जीवनका साथै समुद्री जहाजलाई पनि हानि पुर्याउन सक्छ। विशाल हिमखण्ड पग्लिने क्रममा टुक्रामा विभाजित भएर जाने गर्छन् । ती टुक्रा पानी भित्र रहने हुनाले त्यस बाटोबाट गुज्रिने जहाज ठोक्किने संभावना हुन्छ।
यो हिमखण्ड पुरै पग्लिँदा वैश्विक समुद्री स्तर (global marine level ) मा १० सेंटीमीटर वृद्धि हुने अनुमान गरिएको छ।
Title Photo: https://media.wired.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
-
सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने
-
खुला विश्वविद्यालयका नवौँ सभा : उच्च जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड
-
कांग्रेस–एमाले सरकारले एकपछि अर्को अवैध काम जारी राखेको छ : प्रभु साह
-
पुटिनसँग टेलिफोन वार्ताको व्यवस्था मिलाउन ट्रम्पको निर्देशन
-
कोलकाताले रिटेन नगरेकोमा श्रेयसले तोडे मौनता