बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

भेटियो कोरोनाभाइरसको सबैभन्दा प्रभावकारी उपचार !

बिहीबार, २३ पुस २०७७, ०४ : ०४
बिहीबार, २३ पुस २०७७

विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट  उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको  आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य  भयो। 

परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा  युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय  प्रयास हुन  थाले ।  रेकर्ड समयमै  अर्बौं डलरको लगानीले यस विरुद्ध भ्याक्सिन बनेको खबरले विश्वमै खुशीको लहर छायो। विश्वले पहिलो पटक 'म्यासेन्जर आरएनए' पायो। नयाँ टेक्निकले बनेको  यस भ्याक्सिनले कोरोनाभाइरसका विरुद्ध मात्रै होइन आउने समयमा यस प्रावधिले अन्य रोगका पनि समाधान खोज्ने विश्वास विज्ञान जगतले लिएको छ।

इंग्लैंडमा सर्वप्रथम प्रारम्भ भएको भ्याक्सिनेसन विश्वका ३० भन्दा बढी देशमा स्वीकृत भइसकेको छ। सर्वप्रथम फाइज़र कम्पनीको भ्याक्सिनले मान्यता पाएकोमा अरु कम्पनीले पनि मान्यता प्राप्त गर्ने क्रम जारी नै छ।  अहिलेसम्म अमेरिका कै मोर्डनाका अतिरिक्त रूसको स्पुतनिक, चीनको सिनोफार्म र सिनोवाक, अक्सफोर्डको ऐस्ट्रेजेनिका (भारतमा यसको नाम कोभिशील्ड, निर्माता सीरम इंस्टीट्यूट ) भारत कै स्वदेशी भ्याक्सिन कोवैक्सीनले स्वीकृति पाइसकेका छन्।

कुन भ्याक्सिन कति प्रभावकारी हुने हो यसको वास्तविक तथ्य थाहा पाउन केही दिन समयले पुग्दैन केही महिनाकै समय लाग्छ।  र, भ्याक्सिनले दिने सुरक्षा कति समयसम्म रहने हो, यसको टुङ्गोमा पुग्न महिनौ होइन वर्षौं लाग्न सक्छ।  फरक फरक कम्पनीका  फरक फरक दावी रहेका छन्। कुनै पनि कम्पनीले आफ्नो भ्याक्सिनको सफलता दर ९५  प्रतिशत भन्दा माथि भनेको छैन। वास्तविकतामा भ्याक्सिनको सफलतादर ६२ देखि ९५ सम्म रहने दावी गरिएको छ।

संसारभरि भ्याक्सिनको मारामारी चलिरहेको छ।  सम्पन्न देशले आफ्नो जनसंख्या भन्दा तेब्बर मात्रामा भ्याक्सिन किन्ने होड़ चलेको छ।  भ्याक्सिनको मूल्य ३ डलर देखि ७५ डलरसम्म रहेको समाचार प्रकाशित भएका छन्।  तर धनी देशलाई मूल्यको के सरोकार ! उनीहरुलाई जुन  मूल्यमा भए पनि भ्याक्सिनको भण्डारण गर्नुछ।  यस्तोमा नेपाल जस्तो देशका लागि भ्याक्सिनसम्मको पहुँच आकाशको फल जस्तै बन्ने आशंका पनि देखा परेका छन्।

यसै बीच अमेरिकाको फ्लोरिडाबाट अत्यन्त उत्साहजनक समाचार आएको छ। यहाँको यूनिभर्सिटी अफ मियामी (University of Miami ) का शोधकर्ताले कोरोना संक्रमणका विरुद्ध अति प्रभावकारी उपचार खोजेको खबर प्रकाशमा आएको छ।

यूनिभर्सिटी अफ मियामीका वैज्ञानिकहरुले नवजात शिशुको गर्भनाल (placenta ) बाट कोरोना संक्रमित को सफल उपचार गर्ने सफलता पाएका छन्। कोरोना संक्रमण बृद्धावस्थाका मानिसहरुका लागि अति घातक रहेको प्रमाणित भएको छ।  संक्रमणबाट मृत्यु हुनेमा सर्वाधिक संख्या बुढाबुढी उमेर कै रहेको छ।

यूनिभर्सिटी अफ मियामीका वैज्ञानिकहरुले आफुले गरेको अनुसन्धानमा ८५ वर्ष माथिका कोरोना संक्रमितलाई मात्रै समावेश गरेको थियो।  यिनी हरुलाई उपचारका रूपमा गर्भनालमा भएका 'स्टेम सेल''  (stem  cells) दिइयो।  अनुसन्धानमा 'स्टेम सेल' ले कोरोना  भाइरसलाई सखाप बनाएको देखियो।  यसका साथै 'स्टेम सेल' ले स्वासप्रश्वासमा भएको कठिनाइमा समेत राहत पुगेको देखियो ।

https://atomstalk.com

वैज्ञानिकहरुले यो  प्रयोग  ८५ वर्षभन्दा माथिका २४ जना कोरोना संक्रमित रोगीमाथि गरेका थिए। अनुसन्धानको रिपोर्ट अनुसार भाइरसले क्षतिग्रस्त बनाएका मानव अंगका कोशिकालाई पनि 'स्टेम सेल'ले 'रिपेयर' गरे। अनुसंधानमा संलग्न वैज्ञानिकहरुका अनुसार एउटा गर्भनाल मा रहेका 'स्टेम' कोशिकाबाट दस हज़ार कोरोना संक्रमितको उपचार गर्न सकिन्छ।  मियामीका वरिष्ठ प्रोफ़ेसर कैमिलियो रिकोर्डी (Camillo Ricordi  ) भन्छन् -यो अति सस्तो उपचार विधि हो र महत्वपूर्ण कुरा के भने यसले रोगीलाई पूर्ण स्वस्थ बनाउँछ।

Stem Cells Translational Medicine  मा प्रकाशित रिसर्च रिपोर्टका अनुसार यस 'स्टेम सेल' पद्धति ले ८५ वर्ष भन्दा माथिका २४ जना कोरोना संक्रमित वृद्ध वृद्धाको सफल उपचार भएको छ। 

https://media.eurekalert.org

  प्रोफेसर कैमिलियो रिकोर्डीका अनुसार 'स्टेम सेल'ले शरीरमा प्रवेश गरेर भाइरसले क्षतिग्रस्त बनाएको 'इम्यून सिस्टम' लाई 'रिस्टोर' (पुन:स्थापित) गर्ने काम गर्छ।  अब कोरोनाका अन्य रोगी माथि पनि यसको प्रयोग गर्ने अनुमति प्रदान गरिएको छ। 

१९६० को दशकमा  क्यानडाका  वैज्ञानिकद्वय  अर्नस्ट.ए.मुकलॉक Ernest McCulloch ) र  जेम्स.ई.टिल  (James  E Till ) को खोजले 'स्टेम सेल थेरपी' को प्रारम्भ भएको थियो। संसारभरी यस प्रविधिले अनेकौं गम्भीर रोगको उपचार हुँदै आएको छ।

Title Photo of Steam Cells : https://analyticalscience.wiley.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप