मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिनमा १०४१ को मृत्यु, ६२ हजारभन्दा बढी संक्रमित

बुधबार, २२ पुस २०७७, २३ : ५८
बुधबार, २२ पुस २०७७

लन्डन । बेलायतमा बुधबार एकै दिनमा एक हजारभन्दा बढी कोरोना संक्रमितको  मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जानकारी दिएको छ । यो संख्या गत अप्रिल पछिको सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ६२४ पुगेको छ । 

यसैगरी कोरोना संक्रमितको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घन्टामा ६२ हजार ३२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा पछिल्लो एक हप्तासम्म लगातार पचास  हजारभन्दा बढी संक्रमित थपिँदै आएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ८०१ पुगेको छ ।

अस्पताल भर्ना हुनेको संख्या पनि एकैदिन तीन हजार १७९ पुगेको छ भने हाल अस्पतालमा उपचार गराउनेको सनाकह्या तीस हजार नाघेको छ । यो संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी हो । संक्रमण दर तीव्र भएपछि हाल इंग्ल्याण्डमा देशव्यापी लकडाउन गरिएको छ । बेलायतमा नयाँ कोरोना भाइरस देखिएपछि संक्रमित दर नियन्त्रण भन्दा बाहिर गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप