रुसमा दश लाख जनालाई स्पुट्नीक भी खोप दिइयो

एजेन्सी । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो । कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए ।
खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुट्नीक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए ।
रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ । रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् ।
कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ । कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपङ्क्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरी अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरी अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार