शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्मेनियाका प्रधानमन्त्री निकोललाई दोश्रोपटक कोरोना संक्रमण

बुधबार, २२ पुस २०७७, २२ : ३५
बुधबार, २२ पुस २०७७

एजेन्सी । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बसेका छन् । उनी सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा क्रिसमसका अवसरमा बुधबार आयोजित विषेश समारोहमा पनि अनुपस्थित भएका थिए ।

धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिपछि उनको सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उनी उपस्थित हुन नसक्नु भएको जानकारी दिएको छ ।  “सङ्क्रमणसम्बन्धी समस्याका कारण उहाँ सो समारोहमा उपस्थित हुन असमर्थ हुनुभयो, उहाँ अहिले सेल्फ आइसोलेसनमा हुनुहुन्छ,” प्रधानमन्त्री पशिन्यानका सञ्चार सचिव मान गेभोग्र्यानले भने ।

उनका अनुसार प्रधानमन्त्री पशिन्यान यसअघि गत जुनको अन्त्य तिर पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएकोमा अहिले फेरि सङ्क्रमणको घेरामा परेका हुन् । सीमा क्षेत्रमा विवादको समस्या झेल्दै आएको अर्मेनियाको त्यहीसम्बन्धी गतिविधिमा संलग्न भएका बेला उनी पुनः सङ्क्रमणको घेरामा पर्नुभएको सञ्चार सचिव गेभोग्र्यानले जानकारी दिए ।

अर्मेनियाको सरकारी निकायले बुधबार दिएको जानकारीअनुसार अर्मेनियामा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई हजार ८९० जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप