शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा भूमिसम्बन्धी आयोगको इकाई कार्यालय स्थापना

बुधबार, २२ पुस २०७७, २० : १५
बुधबार, २२ पुस २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ ।

आयोगसँग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाइ स्थापना गरेको हो ।

इकाई कार्यालयको आज नगर प्रमुख बासुदेव घिमिरेले सुभारम्भ गर्दै तिलोत्तमा नगरस्तरीय भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको  बताए ।

अब आयोगसँग भएको कार्यसम्झौताअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उनको भनाइ छ ।

इकाई कार्यालयमार्फत् आयोगले बनाएको फारमको ढाँचाअनुसार लगत संकलन गरिने  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप