घुस लिएको आरोपमा सवइञ्जिनीयर पक्राउ
![घुस लिएको आरोपमा सवइञ्जिनीयर पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest_pakrau_jail_m8uZwmgUab.jpg)
जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो ।
जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ ।
पटकपटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जीयार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो । घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाको लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी अध्यादेश परिमार्जन गर्न कार्यदल बनाइने
-
प्रजातन्त्रको ७५ वर्षमा ‘साल सालको कथा’ सार्वजनिक
-
‘अनि देवराली रुन्छ’मा कान्छीको भूमिकादेखि निर्देशनसम्म
-
एकीकृत समाजवादीले अध्यादेशमा समर्थन गर्दैन: उपाध्यक्ष खतिवडा
-
भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था छैन : मीन विश्वकर्मा
-
मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली र चिनियाँ कलाकारको प्रस्तुति, तस्बिरहरू