आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हामी सधैभरी अग्रगमनको पक्षमा छौँ : अध्यक्ष ठाकुर

बुधबार, २२ पुस २०७७, १८ : ५२
बुधबार, २२ पुस २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए ।

तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन।’ महन्थले अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उल्लेख गरे।

 ‘संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भयो। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न,’ उनले भने ।

ओली सरकारविरूद्ध जसपा आन्दोलित रहेको भन्दै आफूहरु सँगै रहेको उनले बताए । महन्थले प्रचण्ड नेपाल समूहलाई भने, ’संसद स्थापना भए तपाइ पनि सरकारमा जानुहुन्छ। सत्ताधारीले विभिन्न समुदायका बीचमा फल्ट लाइन बनानु भएको छ । तर हामी तपार्इँको साथमा छौं । राष्ट्रवादको नारा बाहेक सबै राम्रो छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप