बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा लामो समयपछि वर्षा

बुधबार, २२ पुस २०७७, १८ : ४१
बुधबार, २२ पुस २०७७

डोटी । मङ्गलबारदेखि लगातार परेको वर्षासँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यहाँका एक सरकारी तथा दुई निजी अस्पतालमा चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेको बताइएको छ । 

चिसोका बिरामीमा नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा.ललित लिम्बुले जानकारी दिए । उनका अनुसार चिसोका कारण जिल्ला अस्पतालमा २० तथा शैलेश्वरी अस्पतालमा १२ जना बिरामी भर्ना भएका छन् । 

जिल्लासहित यहाँका अन्य स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन् ।

वर्षात्का कारण जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार, बोगटान फुड्सिल, जोरायल, सायल, पूर्वीचौकी गाउँपालिकालगायतका विभिन्न ठाउँमा बिरामीको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप