शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीविरुद्ध आन्दोलनका लागि प्रचण्ड-माधव पक्षद्वारा धनुषामा पालिकास्तरीय संघर्ष समिति गठन

बुधबार, २२ पुस २०७७, १७ : ५७
बुधबार, २२ पुस २०७७

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (प्रचण्ड -माधव नेपाल) धनुषाले आन्दोलन चर्काउनका लागि पालिकास्तरीय संघर्ष समिति गठन गरेको छ । संसद विघटन विरुद्ध आन्दोलनरत्त नेकपाले धनुषाको दर्जन भन्दा बढी स्थानीय तहमा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन गर्नका लागि संघर्ष समिति गठन गरेको हो ।

धनुषाको १८ वटा स्थानीय तह मध्ये १५ वटा पालिकामा १ सय देखि ५ सय सदस्यीय रहेको आन्दोलन संघर्ष समिति गठन गरेको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । सो संघर्ष समिति गठनका लागि नेकपाका केन्द्रिय सदस्य तथा आन्दोलन संघर्ष समिति प्रदेश २ का संयोजक सुधिर साह, नेकपाका केन्द्रिय सदस्य रामचन्द्र झा, धनुषा ईन्चार्ज समेत रहेका श्रवण यादव बरबरिया, केन्द्रिय सदस्य श्रीप्रसाद साह, केन्द्रिय सदस्य रत्नेश्वरलाल गाइत, केन्दिय सदस्य बोधमाया यादव लगायत नेताहरु समेत सक्रिय भएका छन् ।
 
केन्द्रीय सदस्य रामचन्द्र झाको अगुवाईमा कमला नगरपालिकामा देव चन्द्र यादवको संयोजकत्व र कपिलदेव मनरैतको सहसंयोजकत्वमा २ सय ५० सदस्यीय, विदेह नगरपालिकामा राजकिशोर यादवको संयोजकत्व तथा महिन्द्र रामको सह संयोजकत्वमा ३ सय सदस्यीय समिति गठन भएको सचिव दिपक यादवले बताए ।

त्यस्तै नेकपाका नेता झल्कु यादवको पहलमा धनुषाधाम नगरपालिकामा भगवानदत साहको संयोजकत्व तथा परिक्षण यादवको सहसंयोजकत्वमा १ सय ५० सदस्यीय, केन्द्रीय सदस्य बोधमाया यादवको पहलमा गणेशमान चारनाथ नगरपालिकामा महेश यादवको संयोजकत्व, पुरश्रीतम लामाको सहसंयोजकत्वमा ३ सय सदस्यीय संघर्ष समिति, सचिव दिपक यादवको पहलमा हँसपुर नगरपालिकामा सुशिल साहको संयोजकत्व र सुनिल यादवको सहसंयोजकत्वमा २ सय ५० सदस्यीय समिति, मिथिला बिहारी नगरपालिकामा प्रदीप साहको संयोजकत्व र सुरेश मण्डल र संजय शर्माको सहसंयोजकत्वमा २ सय ५१ सदस्यीय समिति संघर्ष समिति गठन गरिएको जनाइएको छ । 

यस्तै बटेश्वर गाउपालिकामा नेता देवसागर दास र नेतृ तारा महतोको पहलमा रामखेलावन महतोको संयोजकत्व र कुसे महतोको सहसंयोजकत्वमा २ सय ५ सदस्यीय समिति, शहिदनगर नगरपालिकामा केन्द्रिय सदस्य श्रवण यादव बरबरिया तथा नगर प्रमुख उदय बरबरियाको पहलमा तनुलाल यादवको संयोजकत्व र रामदियाल यादवको सहसंयोजकत्वमा ५ सय सदस्यीय समिति, धनौजी गाउपालिकामा मोमिद राईनको संयोजकत्वमा २ सय सदस्यीय संघर्ष समिति गठन गरिएको जनाइएको छ । 

केन्द्रीय सदस्य श्रीप्रसाद साहको पहलमा मुखियापट्टी गाउपालिका पनि शिवकुमार झाको संयोजकत्व तथा फकिर साहको सहसंयोजकत्वमा २ सय सदस्यीय समिति र लक्ष्मीनिया गाउपालिकामा चनरदिप यादवको पहलमा सूर्यदेव यादवको संयोजकत्व तथा सत्यनारायण यादवको सहसंयोजकत्वमा १ सय ५१ सदस्यीय आन्दोलन संघर्ष समिति गठन भएको सचिव यादवले जानकारी दिए ।

त्यसैगरी सबैला नगरपालिकामा केन्द्रीय सदस्य सुधिर साहको पहलमा बिष्णुदेव यादवको संयोजकत्व र पर्शुराम साह, बिजय साह, सेराग राइन लगायतको सह संयोजकत्वमा २ सय ५१ सदस्यीय समिती गठन गरिएको जनाए ।

धनुषाको सदरमुकाम समेत रहेका प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका, जनकनन्दनी गाउपालिका, नगराईन नगरपालिका, मिथिला नगरपालिकामा आन्दोलन गर्नका लागि संघर्ष समिति गठन गर्न बाकी रहेको छिट्टै नै सबै पालिकामा संघर्ष समिति गठन गरिने सचिव यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप