सप्तरीमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स।५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए ।
सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानको मुख ताक्दै सरकार
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’
-
पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
-
भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद : सर्वोच्चले खारेज गर्यो हिमाल आइरनको रिट
-
स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा