शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण

बुधबार, २२ पुस २०७७, १६ : ३२
बुधबार, २२ पुस २०७७

सर्लाही । गोल्छा अर्गनाइजेशन अन्तर्गतको भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिकासँगको सहकार्यमा गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई एक–एक थान कम्बल वितरण गरेको हो ।

सो अवसरमा लालबन्दी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोपालप्रसाद घिमिरले विगतमा पनि भूदेव खाद्य उद्योगका तर्फबाट यस प्रकारको सहयोग प्रदान हुँदै आएको चर्चा गर्दै आगामी दिनमा पनि यस क्षेत्रका गरिब, विपन्न परिवारले आपत–विपत्को समयमा यस्तो साथ र सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

‘आपत्–विपद्को समयमा हमेसा हामीले यस उद्योगबाट सहयोग प्राप्त गरिरहेका छौं,’ उनले भने, ‘यस्तो सहयोगले गरिब तथा विपन्न परिवारलाई ठुलो टेवा पुग्छ, यस्तो सहयोग र सहकार्यले नै समाजमा अपनत्वको विकास हुन्छ ।’
भूदेव खाद्य उद्योग प्रालिका प्रवन्धक मोतिलाल तातेडले तराई मधेसमा चिसो बढ्न थालेको र स्थानीय गरिब तथा विपन्न परिवारलाई जाडो छल्नका लागि थोरै भए पनि राहत पुगोस् भनेर कम्बल वितरण गरिएको बताए । ‘हाम्रा छरछिमेकमा रहेका गरिब तथा विपन्न समुदायलाई जाडोबाट बचाउन थोरै भए पनि सहयोग पुगोस् भनेर हामीले कम्बल वितरण गरेका हौं,’ उनले भने, ‘हाम्रो यो अभियानमा सहजीकरण गरेकोमा नगरपालिकालाई पनि धन्यवाद दिन चाहन्छु ।’

लालबन्दी नगरपालिकाको वडा नम्बर ९ र ४ का लागि उद्योगले दुई सय कम्बल वितरण गरेको छ ।
यसअघि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा मजदुरी गर्नबाट वञ्चित भएर जीविकोपार्जन मै समस्या भएका विपन्न समुदायलाई पनि भूदेव खाद्य उद्योगले खाद्यान्न वितरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप