आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वेच्छाचारीताले गणतन्त्र खतरामा पर्‍यो : मोहनविक्रम सिंह

बुधबार, २२ पुस २०७७, १६ : १४
बुधबार, २२ पुस २०७७

राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि कुठाराघात गरेको बताएका छन् । बुधबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले विभिन्न राजनीतिक दलसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संसद बिघटनको असर संविधान, गणतन्त्र धर्मनिरपेक्षेता, राष्ट्रका धेरै निकायमा पर्ने र त्यसबाट दुस्परिणाम सिर्जना हुने उल्लेख गर्दै यसलाई गंभीर रुपमा लिनुपर्ने बताए । 
कुनैपनि पार्टीमा मतभेद अन्तरबिरोध भएपनि त्यसलाई पार्टीभित्रै समाधान खोज्नुपर्नेमा देशलाई नै अप्ठेरो अवस्थामा पुर्‍याउनु गलत भएको तर्क गरे । 
उनले पहिलेदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको शैली स्वेच्छाचारी, अधिनायकबादी रहेको त्यसकै कारण गणतन्त्र खतरामा परेको उल्लेख गरे । उनले देश र राष्ट्रियता रक्षाका लागि फेरी पनि संघर्षमा जानुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप