नेपालमा नयाँ स्वरुपको कोरोना भित्रिएको आशंका, थप परीक्षणका लागि नमुना हङकङ पठाइँदै
बुधबार, २२ पुस २०७७, १५ : ५७
बेलायतबाबाट नेपाल फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो । ८ जना मध्ये ३ जनाका नयाँ स्वरुपको भाइरस संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए ।
सरकारले ३ जनाको नमुना थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ । हाल महामारीको रुपमा फैलिएको कोरोनाभाइरस भन्दा नयाँ स्वरूपको भाइरस तीव्र रुपमा सर्ने अध्ययनहरुले देखाएको छ ।
बेलायतबाट पुस १ गते यता नेपाल फर्किएका २७७ जना मध्य ८ जनामा कोरोनामा संक्रमण भएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार