सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराको राजीनामा
बुधबार, २२ पुस २०७७, १५ : ४१
कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् ।
बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।
नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व यो प्रदेशमा रहेको छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु