केपी ओली नेपाली राजनीतिका क्यान्सर भएकाे नेकपाले बुझ्नुपर्छ : बाबुराम भट्टराई
बुधबार, २२ पुस २०७७, १५ : २८
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।
नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।
भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, " किन संयुक्त आन्दोलन हुन सकेकाे छैन । यसमा म केही प्रस्ट पार्छु । नेकपाले केपी ओलीसँग बीचमै मिलेर जाने अवस्था आए हामी यता न उता हुन्छाैँ । यसमा नेकपाले प्रस्ट पार्नुपर्छ । ओली नेकपाभित्रकाे क्यान्सर हुन् । उनी नेकपाकाे मात्र पनि नेपाली राजनीतिकाे क्यान्सर हुन् । नेकपाका साथीहरूले बुझ्नुपर्छ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी