बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

बुधबार, २२ पुस २०७७, १५ : १४
बुधबार, २२ पुस २०७७

काठमाडौं– चिकित्सा शिक्षा आयोगले एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत्त १८ गते लिएकोपिजिको एमडी र एमएस परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो । एमडी र एमएसको प्रवेश परीक्षामा ५ हजार २ सय २९ जना सहभागी भएका थिए ।

अनुभव सहितको खुल्लामा २ हजार ४ सय७०, विना अनुभव खुल्लातर्फ १ सय ५७, सरकारीतर्फ २ सय २ र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जम्मा परीक्षामा २ हजार ८ सय ७५ जना उत्तीर्ण भएका छन् । परीक्षामा ५ हजार ५ सय ६८ जनाले परीक्षा फारम भरका थिए भने ३ सय ३९ जना परीक्षामा सहभागी नभएको आयोगले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप