आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

व्यवस्था विरोधी तानाबाना बुनिँदैछ, सफल हुन दिँदैनौं:  अध्यक्ष नेपाल

बुधबार, २२ पुस २०७७, १४ : ५७
बुधबार, २२ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनलाई राजनीति ‘कू’ को संज्ञा दिएका छन् । प्रचण्ड र नेपाल पक्षद्वारा आयोजित प्रतिनिधिभा विघटनविरुद्ध राजनीति पार्टीहरुसँगको अन्तक्रिर्या कार्यक्रममा नेपालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति कू गर्नुभएको छ । यसविरुद्ध पुरै देशले विमति जनाएको छ ।

सबै राजनीतिक दल आन्दोलनको मैदानमा छन् । जनता आक्रोशित छन् ।’ राजनीति स्थायित्वका लागि संविधानमै व्यवस्था गरिए पनि प्रधानमन्त्री ओलीले संविधानमाथि मनोमानी गरेको उनले बताए । काम चलाउ  प्रधानमन्त्री ओलीले निरंकुशवादी चरित्र देखाएको उनको भनाई थियो ।

उनले भने, ‘उहाँले षड्यन्त्रका तानाबाना बुनिरहनुभएको छ । संकटकाल लगाउने कुरा पनि आएको छ । व्यवस्था परिवर्तन गर्ने षड्यन्त्र पनि देखिएको छ । यसलाई सफल हुन दिइने छैन । प्रतिगामी कदम स्वीकार्य छैन ।’  संविधान सुधार्दै जानूपर्ने भन्दै व्यवस्था विरुद्धको कदम मान्य नहुने उनले बताए । अध्यक्ष नेपालले संसद विघटनविरुद्ध सबैलाई दलहरूलाई सहकार्यका लागि आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप