उत्तरकोरियामा सत्तारुढ पार्टीको काँग्रेस बैठक सुरु, उद्घाटन सम्बोधनमा के भने किमले ?

एजेन्सी । उत्तरकोरियामा पाँच वर्षपछि त्यहाँको सत्तारुढ पार्टीको महाधिवेशन (काँग्रेस बैठक) सुरु भएको छ । मंगलबारदेखि त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको महाधिवेशन सुरु भएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार प्योङयाङमा सो पार्टीका हज्जारौ कार्यकर्ताहरु उपस्थित भएका छन् । एजेन्सीकाअनुसार महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रमुख किम जोङ उनले सबैको कठोर संघर्षबाट प्राप्त आफ्नो पार्टीको सफलता र विजयीको पछि लाग्न आग्रह गरे ।
सञ्चारमाध्यामहरुका अनुसार किमले महाधिवेशनमा मुलुकको अर्थतन्त्रलाई कसरी विकास गर्ने योजना प्रस्तुत गरेका छन् । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने योजनामा समेत किम केन्द्रीत भएको बताइएको छ । किमले उत्तरकोरियाको धातु, रसायनिक, विद्युतीय र अन्य ठूला उद्योगहरूको विकासको समीक्षा गर्दै भविष्यको योजना समेत प्रस्तुत गरेका छन् । सम्बोधनमा किमले अमेरिकी राष्ट्रपति निर्वाचनपछि आएको नयाँ नेतृत्व र त्यसको समीक्षा समेत गरिरहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार