शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरकोरियामा सत्तारुढ पार्टीको काँग्रेस बैठक सुरु, उद्घाटन सम्बोधनमा के भने किमले ?

बुधबार, २२ पुस २०७७, १३ : ४५
बुधबार, २२ पुस २०७७

एजेन्सी । उत्तरकोरियामा पाँच वर्षपछि त्यहाँको सत्तारुढ पार्टीको महाधिवेशन (काँग्रेस बैठक) सुरु भएको छ । मंगलबारदेखि त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको महाधिवेशन सुरु भएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार प्योङयाङमा सो पार्टीका हज्जारौ कार्यकर्ताहरु  उपस्थित भएका छन् । एजेन्सीकाअनुसार महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रमुख किम जोङ उनले सबैको कठोर संघर्षबाट प्राप्त आफ्नो पार्टीको सफलता र विजयीको पछि लाग्न आग्रह गरे ।

सञ्चारमाध्यामहरुका अनुसार किमले महाधिवेशनमा मुलुकको अर्थतन्त्रलाई कसरी विकास गर्ने योजना प्रस्तुत गरेका छन् । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने योजनामा समेत किम केन्द्रीत भएको बताइएको छ । किमले उत्तरकोरियाको धातु, रसायनिक, विद्युतीय र अन्य ठूला उद्योगहरूको विकासको समीक्षा गर्दै भविष्यको योजना समेत प्रस्तुत गरेका छन् । सम्बोधनमा किमले अमेरिकी राष्ट्रपति निर्वाचनपछि आएको नयाँ नेतृत्व र त्यसको समीक्षा समेत गरिरहेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप