शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसद् विघटनको ‘धारा’ खोज्दै दिउँसै बालियो लाल्टिन (फोटो/भिडियो)

सबै मन्त्रीलाई कालो मोसो लगाउने चेतावनी
बुधबार, २२ पुस २०७७, १३ : १६
बुधबार, २२ पुस २०७७


काठमाडौँ । संसद् विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको ठहर गर्दै नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको छ । बुधबार अनेरास्ववियुका नेता कार्यकर्ताहरु काठमाडांैको माइतीघरमा भेला भएर दिउँसै लाल्टिन बालेर जुलुस निकालेका हुन् ।

विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ! असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको भन्दै ओली आफैले धारा बनाएर संसद विघटन गरेको बताए । उनले असंवैधानिक कदम सच्चाउन चेतावनी दिँदै ओली नेतृत्वका सबै मन्त्रीलाई कालो मोसो लगाइने बताए । उनले ओलीले प्रतिगामी कदम नसच्चिए आगामी पुस २६ गते केपी ओलीलाई बयलगाडामा राखेर अमेरिका पठाउने समेत बताए ।

कार्यक्रममा केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा स्थायी समिति सदस्य योगेश भट्टराई पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप