शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सैलुङ भर्चुअल तेक्वान्दो शनिबारबाट सुरु हुने

बुधबार, २२ पुस २०७७, १२ : ४२
बुधबार, २२ पुस २०७७

सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने  छ । त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।

पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्ने छन् ।
प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले व्यहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी  दिए । सहभागीले बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने प्रावधान छ । आज जनवरी ६ बुधबार भिडियो पठाउनु पर्ने अन्तिम दिन हो ।

‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने   छ ।

पाँच अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गीले दुई दिने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप