भलिबलमा २४ ‘प्रतिभावान’ खेलाडीको छनौट
![भलिबलमा २४ ‘प्रतिभावान’ खेलाडीको छनौट](https://rpcdn.ratopati.com/media/albums/volleyball_PWNXJsmN9g.jpg)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले ‘नयाँ प्रतिभावान खेलाडी’ घोषणा कार्यक्रमअन्तर्गत राष्ट्रिय खेल भलिबलका २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष÷महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । सदस्य–सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन् । पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका किसानले डीडीसीबाट १३ करोड भुक्तानी पाउन बाँकी
-
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
-
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री
-
वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग
-
नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट
-
कांग्रेसले मंगलबार गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने