गाईपालनबाट मासिक ४ लाख आम्दानी
काठमाडाैं- पुतलिसकडबाट करिब १४ किमिको यात्रापछि राजधानीको कागेशवरी मनहरा नगरपालिकाको वडा नं. १ डुडेगाउँ आउँछ । समथर भूभागभन्दा अलि माथि नै छ यो वडा । यो ठाउँमा पुगेपछि सहरको कोलाहल नै बिर्सन्छ मान्छे । हरियो पहाड, साना साना बुट्यान । फाँटमा धानका फाँट । तर पछिल्लो समयमा यो शान्त भूगोललाई जग्गा पलटिङको लागि पुगेका डोजरले अशान्त बनाएको छ ।
वातावरण मात्र होइन अब त भूगोल नै परिवर्तन गरेको छ प्लटिङले । डाँडाहरू डोजरको आहारा बनेका छन् । आज हरियो र भिरालो पहाड दोस्रो दिन बिहान सेतो र समथर बनिसकेको हुन्छ ।
यो ठाउँमा प्लटिङको साथ साथै व्यवसायको पनि केन्द्र बन्दै गएको छ । यहाँ जमिन भाडामा लिएर विभिन्न व्यवसाय गर्नेहरूको लागि पनि आकर्षको केन्द्र बन्न थालेको छ । यो ठाउँमा पुग्दा धानका खेतसँगै घाँसका गराहरू पनि त्यति नै देखिन्छन् । यो घाँसको खेती हो । केही आफै गाई पाल्नेहरूले लगाएका छन् भने केही त्यहिका स्थानीयहरूले गाई पाल्ने व्यवसायलाई बेच्नलाई ।
धादिङका युवा दीपक दवाडी राजधानीको मनहरा कागेश्वरीमा गाईपालनमा व्यस्त छन् । तर उनी विशुद्ध किसान मात्र होइनन् । राजनीतिमा पनि त्यति नै सक्रिय छन् । देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेको युवासङ्गठनको कानुन विभागको सचिव हुन् । उनी विशुद्ध राजनीति मात्र गर्दैनन् । राजनीतिसँग व्यवसाय जोडेका छन् । उनी भन्छन्– ‘राजनीति समाज सेवा हो भने व्यवसाय जीविकोपार्जनको पाटो । यति मात्र होइन, आर्थिक समुन्तिको यात्रामा जाने हो भने सबै युवाहरूले उत्पादनमा जोडिनुपर्ने उनको धारणा छ ।’
कृषि प्रधान देश भन्ने तर त्यो पेसा व्यवसायलाई निर्वामुखी होइन व्यावसायिकता बनाउनुपर्ने उनको भनाइ छ । राजधानीमा कैयाँै युवाहरू परराष्ट्र मन्त्रालयको पार्सपोट विभागमा पासपोर्ट बनाउने लाइनमा देखिन्छन् । त्यहाँबाट काम सकेपछि मेनपावर एजेन्सीको कार्यालयमा हुन्छन् । यो समस्या देशको नै हो तर युवाहरू पनि पढे लेखेर पनि आत्मनिर्भर होइन, परनिर्भतामा बढी विश्वास गर्न थालेको उनको बुझाइ छ । शिक्षित युवाहरू भनेको नौकरी खोज्ने मात्र होइन, नौकरी दिने पनि हुनुप¥यो । नोकरी क्रिएट गर्न सक्नु अहिलेको चुनौती हो । चुनौतीसँग जबसम्म युवाहरू जुध्न चाहँदैनन् । तबसम्म देशमा समृद्धिका कुरा कुरामा मात्र सीमित रहने उनको ठहर छ ।
उनी राजधानी आउँदा व्यवसाय गर्छु भनेर होइन, राजनीतिक कार्यकर्ता भएर कार्यक्रममा आउने गर्थे । राजनीतिमा जिम्मेवारी बढेसँगै राजधानी बसाइ अनिवार्य बन्दै गयो । त्यसपछि उनले केवल राजनीति गर्ने होइन । केही व्यवसाय गर्ने सोच बनाए । त्यही सोचको उपज स्वरूप हो, उनको फ्युजन एग्रो एन्ड रिसर्च सेन्टर ।
काम गर्न चाहेमा एकै पटक सबै कुरा पुगेको हुँदैन । कुनै काम गर्ने चाहना राख्यो भने मान्छेले सहकार्य गरेर जान सकिने उदाहरण पनि हो उनको फर्म ।
केही वर्ष पहिला सुरु गरेको उनको यो गाई फर्ममा अहिले ३० भन्दा बढी गाई छन् । अहिले उनी जति सक्रिय राजनीतिमा छन्, त्यति सक्रिय गाई फार्ममा काम गर्न पनि छन् । उनले अहिले ६ जना कामदारहरूलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
हरेक सिजनमा १५ वटा गाई दूध दिन्छन् । गाईको हेरचाह गर्ने, दूध दुने, दूध बजार पुर्याउने र मल सोर्ने मान्छे छन् । घाँसका लागि र फर्मका लागि ६० रोपनी जमिन भाडामा लिएका छन् ।
दैनिक २ सय लिटर दूध बेच्छन् । मासिक आम्दानी साढे चार लाख हुन्छ । लगानी ६० लाख छ । जसमा उनले २५ जनालाई जम्मा गरेर सहकारीको कन्सेप्टमा काम सुरु गरेका थिए ।
०६८ सालमा ५ वटा गाईबाट यो व्यवसाय सुरु गरेका थिए । होलेस्टेन र जर्सी क्रस गाई । लोकल कुकुरा पनि सँगै पालेका छन् । उनको फर्ममा सधैँ १५० लोकल कुकुरा हुन्छन् । वरपरका र सहरबाट पनि कैयौँ मान्छेहरू उनको फर्ममा लोकल कुखुरा किन्न पुग्छन् ।
व्यवसाय गर्नुपर्छ भन्ने कुरा एमबीयस पढिसकेपछि पूर्ण रूपमा व्यवसायमा लागे । यसको जग त शङ्करदेव कलेजमा बीबीएस पढिरहँदा अङ्कुराएको हो । उनले
सुरुमा गाई, माछा र बाख्रा सँगै पालेका थियाँै । अज्ञात रोगका कारण माछा र बाख्रा मरे । त्यो समयमा इन्स्योरेन्स थिएन । जसका कारण १५ लाखको घाटा भयो । त्यो नोक्सान बेहोर्दा पीडा भयो । बाख्रा र माछा पूरै मेरपछि पीडाको कुनै सीमा थिएन । हतास र मानसिक पीडाले कति रात त सुतिइएन । छटपटीमै रात बिते दिने बिते । तर आसको त्यान्द्रो बनेका थिए हाम्रा गाई । हामीले सुरु गरेका ५ गाईहरू नै हाम्रो लागि अगाडिको बाटो देखाउने जुनकिरी बने । तिनै गाईलाई पुनः व्यावसायिक रूप दिन लाग्यौँ । अहिले हामी सफल भएका छौँ ।
यसमा समस्या
कृषिप्रधान देश हो । हामी लामो समयदेखि यही भन्दै आएका छौँ । तर यसका समस्याप्रति कसैको ध्यान दिएको छैन । हामीले यसलाई व्यवसाय रूपमा काम गर्दा पनि राज्यबाट जति हुनुपर्ने त्यति सहयोग हुन नसकेको उनको धारणा छ । आपूmले चाहेको समयमा दानाको समस्या छ । उन्नतजातको गाई पाए पनि बाच्छाको व्यवस्थापनमा समस्या छ ।
सरकारले कृषि व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप अनुदान दिन्छ । तर वास्तमै मेहनत गर्ने किसानहरूले नपाएर पहुँच भएकाले मात्र पाउने गरेका छन् । वास्तविक किसानहरूले अनुदान पाउने हो भने कृष पेशा साँच्चै फस्टाउने र युवाहरू पनि यस क्षेत्रमा आकर्षित हुने वातावरण बन्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा