‘४ दुना ९’ बिहीबार देखि प्रशारण हुने
काठमाडौं । नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यकासाथ निर्माण गरिएको नयाँ हाँस्य टेलिसिरियल ‘४ दुना ९’ भोलि बिहीबार अर्थात २३ पुसबाट प्रशारणमा आउने भएको छ । नेपाल टेलिभिजन प्रसारण हुने सिरियलले देशको ७७ वटै जिल्ला विभिन्न समयमा खिचिने छ । साँझ ७ बजे प्रसारण हुने बताइएको सिरियलको बारेमा एक कार्यक्रममा जादै निर्माण युनिटले जानकारी दिएको छ ।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रशंसा गरेका थिए ।
उनले नेपालको पर्यटकीय क्षेत्रहरुलाई एक टेलिसिरियलमार्फत् देशव्यापी बनाउन खोजेको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए । सो अवसरमा उनले पर्यटन बोर्डले सक्ने सहयोग गर्ने बताए ।
कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको सिरियलको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ ।
टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले सुरुको चार भाग जुम्ला र मुगुमा खिचिएको बताए । उनले भने ‘त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिनँ, त्यहाँको रीतिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवश्य मनपर्नेछ ।’
जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिए ।
नेपालको पर्यटनलाई देशव्यापी बनाऔँ भन्ने सोचेर यो टेलिचलचित्र निर्माण गरिएको निर्माण कम्पनी बज्रलिंक मिडियाका अध्यक्ष निर्देशक लामाले बताए ।
टेलिसिरियल प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिसिरियल जिल्लामा ३ देखि ५ भागसम्म छायाँकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिसिरियलमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमशंङ्खलाहरु, तालहरु, नदी नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति विशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, विकास निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।
टेलिसिरियलमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ ।
प्रवेश पोखरेल र गोकुल रावतको छायाँकन रहेने सिरियल रबिन भट्ट र सौखिन तिमल्सिनाले सम्पादन गर्ने छन् । टेलिसिरियलमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश