आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुमा कैंचीले घोपेर कालीगढको हत्या

बुधबार, २२ पुस २०७७, ०८ : ०९
बुधबार, २२ पुस २०७७

काठमाडौं । काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको छ । मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेका हुन् ।

हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।

शर्माले पेटमा कैंचीले घोपेर घाईते बनाएका मियाँको उपचारको क्रममा त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो । मियाँको बुवाको कपडा सिलाई कारखानामा उनीहरु दुवैजना काम गर्थे । पुरानो रिसिवीले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

मृतकले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई साविती बयान दिएका छन् । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको कैंची बरामद गरेको छ । आरोपीको कोठामा भारतिय आधारकार्ड फेला परेको डिएसपी विष्टले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप