कोरोना बिमा : २५ सयको निवेदन फिर्ता
![कोरोना बिमा : २५ सयको निवेदन फिर्ता](https://rpcdn.ratopati.com/media/albums/beema-bima-samiti_qwTwiiq4UQ.jpg)
मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता आएको बीमा समितिले जनाएको छ ।
‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन्,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘ती दाबीबारे कोरोना बिमा दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिनेछ ।’
उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, नमिल्नेबारे निर्णय गरिने उनले बताए । सोही विषयमा छलफलका लागि बुधबार उपसमितिको बैठक बोलाइएको उनले जानकारी दिए ।
दाबी भुक्तानी ढिलाइ भएको विषयमा मंगलबार पनि अर्थ मन्त्रालयमा छलफल भएको छ । छलफलमा विवादित दाबीको निर्णय बिमा दाबी व्यवस्थापन उपसमितिमार्फत गर्न पनि अर्थमन्त्रालयलाई दिएको बताइएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी