इरानको आणविक सम्झौता जोगाउन ईयूको यस्तो तयारी

एजेन्सी । युरोपेली संघ (ईयू) ले मंगलबार ईरान आणविक सम्झौतालाई भङ्ग हुन नदिन आफ्नो प्रयासलाई ‘दोब्बर पार्ने’ प्रतिबद्धता दोहोर्याएको छ । तेहरानले युरेनियम प्रशोधन प्रक्रियालाई बढाएर २० प्रतिशत पुर्याउन थालेको संयुक्त राष्ट्र सङ्घीय आणविक हतियार नियमनकारी संस्था बताएपछि ईयूले इरानलाई सन् २०१५ मा भएको आणविक सम्झौतालाई भङ्ग नगरोस् भनी आफ्नो कुटनीतिक प्रयासलाई दोब्बर गर्ने बताएको हो ।
ईयूका प्रवक्ता पीटर स्टानोले भने, “इयूले इरानले उठाएको कदमलाई ‘गहिरो चिन्तासहित’ ध्यान दिएको छ । “हामी सम्झौतालाई जोगाउनका लागि हाम्रो प्रयासलाई दोब्बर पार्नेछौं र सबै पक्षले आणविक सम्झौताको पूर्ण कार्यान्वयनका लागि मध्यस्थता गर्नेछौँ,” उनले भने ।
इरानसँगसंयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतले आणविक सम्झौता गरेका थिए । अमेरिकाले सो सम्झौताबाट हात झिकेको घोषणा गरिसकेको छ भने इरानले पनि सम्झौता आफ्नो अधिकार कटौती गर्न मात्र लागू हुन नसक्ने भन्दै यूरेनियम प्रशोधन र भण्डारणलाई बढाउन थालेको छ ।
बाँकी राष्ट्र भने सो सम्झौतामा अडिग रहेका छन् । इरानले सम्झौताका बाँकी पक्षधर राष्ट्रलाई आफूहरुले सन् २०१५ को आणविक सम्झौताका केही अंशलाई निलम्बन गरेको एक वर्ष पहिले नै जानकारी गराएको बताउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड