बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दाङमा एम्बुलेन्सले ठक्करबाट एक जनाको मृत्यु

मङ्गलबार, २१ पुस २०७७, २१ : ३६
मङ्गलबार, २१ पुस २०७७

बुटवल । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई दिउँसो ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका नारायणपुरकै ६८ वर्षीय टोपेन्द्र पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । लमहीबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घर नजिकै सडकमा ठक्कर दिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप