शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आह्वान

मङ्गलबार, २१ पुस २०७७, १९ : २६
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक रमेश खरेल लगायतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा÷संस्कृतिसँग महत्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् । उनीहरुले पुस २७ गते दिउँसो सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि भेला हुन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप