रौतहटमा श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एकजना पक्राउ
मङ्गलबार, २१ पुस २०७७, १८ : ३६
रौतहट । श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका बाराका धिरेन्द्र साहलाई पक्राउ गरेको हो । साहबाट प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
साह बारा सिम्रोनगढ नगरपालिका वाड नं–१ बस्ने लक्षमण साहको छोरा भएको बुझिएको छ । साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैयाँ आठ लाख फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए । साहलाई रकमसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै गौर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी