आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ्ग सेवा बेलकोटगढीमा

मङ्गलबार, २१ पुस २०७७, १८ : १०
मङ्गलबार, २१ पुस २०७७

नुवाकोट । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ ।  

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठ र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपालले गर्नु भएको थियो । 

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप