शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँगै बर्ड फ्लुुको त्रास, एकै ल्याबमा मानिस र चराको परीक्षण

मङ्गलबार, २१ पुस २०७७, १६ : ५६
मङ्गलबार, २१ पुस २०७७

भारतमा कोरोना महामारीसँगै अब बर्ड फ्लुको त्रास बढेको छ । अहिलेसम्म हरियाणा, हिमान्चल प्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात र केरलामा ८४ हजार ७७५ पक्षीहरुको मृत्यु भएको छ ।  यसमध्ये हिमान्चल प्रदेश, मध्यप्रदेश, राजस्थान र केरलामा बर्ड फ्लुका कारण पक्षीहरुको मृत्यु भएको पुष्टि भइसकेकोछ । हरियाणा र गुजरातको स्याम्पल रिपोर्ट आउन बाँकी छ । 

मध्य प्रदेशमा अहिलेसम्म २ सयभन्दा धेरै पक्षीहरुको ज्यान गइसकेको छ । इन्दौर, मन्दसौर, आगर, खरगोन, उज्जैन, निमच र सिहोरमा कौवाहरु मृत भेटिएका छन् । इन्दौर र मन्दसौरको रिपोर्ट पोजेटिभ आएको छ । जसकारण, अहिले राज्यका सबै जिल्लालाई अलर्टमा राखिएको छ । हिमाञ्चलमा अहिलेसम्म २ हजारभन्दा धेरै पन्क्षीहरुको मृत्यु भइसकेको छ । २८ डिसेम्बर २०२० मा यहाँ पहिलो संक्रमणको घटना रिपोर्ट भएको थियो । राजथ्सतानमा अहिलेसम्म ५ सय २२ पन्क्षीहरुको ज्यान फ्लुले लिइसकेको छ । 

केरालामा ५० हजार हाँस मार्न निर्देशन 
केरलाको अलप्पुुझा र कोट्टायम जिल्लामा बर्ड फ्लुको घटना पुष्टि भइसकेको छ । यहाँ ५० हजार हाँसलाई मार्ने आदेश दिइएको छ । राज्यका वन तथा पशुपालन मन्त्री के राजूले भनेका छन्, ‘जहाँ संक्रमणको पहिचान हुनेछ, त्यहाँ झन्डै १ किलोमिटरको दायरामा सबै पन्क्षीहरुलाई मारिनेछ । राज्यमा बर्ड फ्लुुकै काण झन्डै १२ हजार हाँसको पहिल्यै मृत्यु भइसकेको छ । हरियाणाका फार्ममा दुुई दिनमा ७० हजारभन्दा धेरै कुखुरा मरेका छन् भने  गुजरातको जुनागढ जिल्लामा ५३ पक्षीहरु मृत पाइएका छन् । 

एकै ल्याबमा मानिस र पक्षीको परीक्षण 
भोपालको आनन्द नगरस्थित हाई सेक्युुरिटी एनिमल डिसिज ल्याबेरेटरीमा पाँच वैज्ञानिकहरुको टिम पन्क्षीहरुको स्याम्पल जाँच्न जुटेको छ । यहाँ कोरोनाको स्याम्पल जाँच्ने काम पनि भइरहेको छ । यस्तो पहिलोपटक भइरहेको छ, यस ल्याबमा एकै समय मानिस र पन्क्षीहरुको स्याम्पल परीक्षण गरिएको यो पहिलो अवसर हो ।

कोरोनाजस्तै छ बर्ड फ्लुको लक्षण 
बर्ड फ्लुु भएपछि कफ, डायरिया, ज्वरो, स्वासप्रश्वाससँग सम्बन्धित समस्या, टाउको दुखाईलगायत लक्षण देखिन्छन् ।  एवियन इन्फ्लुुएन्जालाई हामी बर्ड फ्लुु भन्छौं । मृत वा जिउँदो पन्क्षीबाट यो रोग मानिसमा फैलनसक्छ । संक्रमित पन्क्षीको मासुु खाँदा वा संक्रमित पानी पिउँदा यो रोग फैलन्छ । यसबाट बच्नका लागि संक्रमित पन्क्षीहरुबाट टाढा रहनुस् । मरेका पन्क्षीहरुबाट टाढा बस्नुस् । ननभेज खाना नखानुस् । यदी, खानु नै छ भने मासु किन्दाको समय सरसफाईमा ध्यान दिनुस् । संक्रमणयुक्त इलाकामा नजानुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप