पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालू रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् । पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए । भूकम्पले पाशुपत क्षेत्रका ९० सम्पदामा क्षति पुगेको थियो ।
गत हप्ता पाशुपत क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण सम्पन्न भएको थियो । मन्दिर पुनःनिर्माणपछि आज मङ्गलबार पनि चन्द्रविनायकमा भक्तजनको भीड लागेको छ । चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ ।
पाशुपत क्षेत्रको जयवागेश्वरी पुनःनिर्माणका लागि साँखु र लुुभुबाट माटो ल्याइने भएको छ । माटो ल्याइने निश्चित भए पनि मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठको अभाव छ । मन्दिर तल्लो भागमा नयाँ काठ राख्नुपर्ने भए पनि बजारमा पाउन नसक्दा पुनःनिर्माणमा समस्या आएको हो ।
साढे पाँच वर्षअघिको गोरखा भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन