अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिनेछ । प्रवक्ता श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहने पनि जानकारी दिए ।
‘समितिले उक्त कार्य सम्पन्न गरी मिति २०७७/१०/१७ गते सम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी कार्यतालिका समेत स्वीकृत भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेकोे जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति मार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकोले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन आयोग हार्दिक अपिल गर्दछ’, आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केपी ओली नेतृत्वको सरकारले गत भदौ ५ गते संसद् भंग गरेर २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा गरेको थियो ।
आयोगले घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीका विभिन्न कार्यहरू भइरहेको पनि जनाएको छ ।
‘यस क्रममा निर्वाचनको लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरू भइसकेको छ । मतदाता नामावली तयारी सम्बन्धी कार्य गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य समेत सँगसँगै गर्नुपर्र्नेे कारणले गर्दा अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ’, आयोगले प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने