कर्णालीका पर्यटनमन्त्री प्रचण्ड-माधव पक्षमा
काठमाडौं । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रचण्ड माधव पक्षले नेतृत्व गरेको नेकपामै रहेको प्रस्ट पारेका छन् । मन्त्री बुढाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको एक जिम्मेवार प्रदेश सभा सदस्यको हैसियतले सो प्रदेशको सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड माधव पक्षको नेकपामा रहेको जानकारी दिएका छन् ।
‘जनताको अपार मायाले निर्वाचित कर्णली प्रदेश सभाको एक जिम्मेवार सदस्यका रुपमा कर्णली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नुपनि त्यतिकै महत्वपूर्ण भूमिका रहेको वर्तमान परिवेशमा मैले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको गौरवशाली पार्टी नेकपामा नै आवद्ध रहेको आदरणीय डोल्पावासी दाजुभाई तथा दिदीबहिनीहरु तथा आम कर्णालीबासी नागरिकलाई सहर्ष जानकारी गराउन चाहान्छु’, बुढाले विज्ञप्तिमा भनेका छन् । यसअघि केपी ओली पक्षले बुढा आफ्नो पक्षमा रहेको प्रचारवाजी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड