सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका पर्यटनमन्त्री प्रचण्ड-माधव पक्षमा

मङ्गलबार, २१ पुस २०७७, १६ : ३६
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रचण्ड माधव पक्षले नेतृत्व गरेको नेकपामै रहेको प्रस्ट पारेका छन् ।  मन्त्री बुढाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको एक जिम्मेवार प्रदेश सभा सदस्यको हैसियतले सो प्रदेशको सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड माधव पक्षको नेकपामा रहेको जानकारी दिएका छन् । 

‘जनताको अपार मायाले निर्वाचित कर्णली प्रदेश सभाको एक जिम्मेवार सदस्यका रुपमा कर्णली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नुपनि त्यतिकै महत्वपूर्ण भूमिका रहेको वर्तमान परिवेशमा मैले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको गौरवशाली पार्टी नेकपामा नै आवद्ध रहेको आदरणीय डोल्पावासी दाजुभाई तथा दिदीबहिनीहरु तथा आम कर्णालीबासी नागरिकलाई सहर्ष जानकारी गराउन चाहान्छु’, बुढाले विज्ञप्तिमा भनेका छन् ।  यसअघि केपी ओली पक्षले बुढा आफ्नो पक्षमा रहेको प्रचारवाजी गराएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप