मोडलिङका दिनमा यस्ती देखिन्थिन् दीपिका पादुकोण, हेर्नुहोस् तस्बिर
बलिउड नायिका दीपिका पादुकोणले इन्डष्ट्रिमा निकै लामो यात्रा निश्चित गरिसकेकी छिन् । बलिउडमा उनले आफ्नो एक विशेष स्थान बनाएकी छिन् । नायिकाले शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म सन् २००८ मा रिलिज भएको थियो । त्यसपछि दीपिकाले ‘लभ आज कल’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘पीकू’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’समेत थुप्रै फिल्ममा काम गरिन् । दीपिका पादुकोण आज आफ्नो ३५ औं जन्मदिन मनाइरहेकी छिन् ।
यो मौकामा आज हामी उनको मोडलिङका दिनका केही फोटो हेर्दैछौं जसमा दीपिका निकै भिन्न देखिन्छिन् ।
डेनमार्कमा भएको थियो जन्मः
दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगन शहरमा भएको थियो । दीपिका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् । उनकी आमा उजाला ट्राभल एजेन्ट हुन् र बहिनी अनिशा गोल्फ खेलाडी हुन् । दीपिका एक वर्षकी हुँदा उनका आमाबुवा बेंगलुरु सिफ्ट भएका थिए ।
पढाई छोडेर मोडलिङमा आइन्ः
बेंगलुरुको सोफिया हाइस्कूलमा स्कूलिङ र माउन्ट कार्मल कलेजबाट प्रि–युनिभर्सिटीको पढाई पूरा गरिन् । त्यसपछि दीपिकाले बीए गर्ने उद्देश्यले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीमा भर्ना लिइन् तर पढाई बीचमा नै छोडेर उनी मोडलिङमा आइन् ।
८ वर्ष हुँदादेखि गरिन् कामः
दीपिकाले आफ्नो करियरको सुरुवात निकै सानो उमेरदेखि नै गरिन् । दीपिका ८ वर्षकी उमेरमा विभिन्न विज्ञापनमा देखिइन् । त्यसपछि किशोरावस्थामा उनले लिरिल र क्लोज अप जस्ता थुप्रै ब्रान्डका लागि विज्ञापन गरिन् ।
साउथ फिल्मबाट सुरु गरिन् करियरः
सन् २००६ मा दीपिकाले कन्नड फिल्म ऐश्वर्याबाट पर्दामा इन्ट्रि गरिन् । यो फिल्म सफल रह्यो । त्यसको वर्षदिन पछि शाहरुख खानको अपोजिटमा फिल्म ‘ओम शान्ति ओम’ मा उनले ब्रेक पाइन् । थुप्रै फिल्ममा उत्कृष्ट अभिनय गरेर उनी दर्शकको प्रिय बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष
-
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित उनको परिवारका १० जनाको मृत्यु
-
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस
-
सूर्यदर्शन सहकारी ठगी : ३६ जना अझै फरार
-
कर्णाली सरकारको बजेट कार्यान्वयन : १८ अर्ब पुँजीगत बजेटमध्ये पाँच महिनामा बल्ल एक अर्ब खर्च