बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राजेशकुमारले ल्याए ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’

मङ्गलबार, २१ पुस २०७७, १६ : ०४
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । गायक राजेशकुमारको स्वर रहेको गीत ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ सार्वजनिक भएको छ । ‘रोज’, ‘प्रेमगीत ३’ लगायतका थुप्रै फिल्ममा चर्चित गीतका गीतकार राजेशले यो गीतको शब्द पनि आफैले कोरेका हुन् ।
गीतको भिडियोमा नवलपुरका युवाहरु ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको मुख्य भूमिका रहेको छ । दीपक कौशलको संगीत रहेको गीतको भिडियो रमित श्रेष्ठ पाल्पालीले निर्देशन गरेका हुन् । 

भिडियोमा शहरिया ठिटोर गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारी बीचको मायाप्रेम समेत प्रस्तुत गरिएको छ । नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला देख्ने सकिने भिडियोमा सुरज खनालको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप