बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु महासंघ मोरङको अध्यक्षमा चेतन निरौला

मङ्गलबार, २१ पुस २०७७, १५ : ४८
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा चेतन निरौला चयन भएका छन् । जिल्ला महासंघको ११ औं अधिवेशनले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सोमबार भएको महासंघको वार्षि साधारणसभा तथा नेतृत्व चयनको अधिवेशनले महिला उद्यमी तर्फको अध्यक्षमा सुनिता छाराहाङ्गलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै, महासंघको बरिष्ठ उपाध्यक्षमा गोलाप काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिवमा एकराज ढकाल र कोषाध्यक्षमा दामोदर पोखरेल चयन भएका छन् ।  नयाँ कार्यसमितिको सदस्यहरूमा भने रमेशकुमार खड्का, लालबाबु भगत, बुद्ध कोराइला, भूपाल थापा, नारायणप्रसाद राई, विनोद ढकाल, चन्द्रप्रसाद अधिकारी, सोमि भगत चौलागाई, रमेशकुमार राउत, सीता राई, सुमन प्रसाई, तुलसी ढकाल, प्रकाश काफ्ले र जानुका थापा चयन भएका छन् ।
यता महिला उद्यम समितिको १९ औं जिल्ला भेलाले वरिष्ठ उपाध्यक्षमा जीना श्रेष्ठ, उपाध्यक्षमा अमृता भण्डारी, महासचिबमा मालती आचार्य र कोषाध्यक्षमा यमुना पोखरेलाई सर्वसम्मत चयन गरेको छ । समितिको अन्य सदस्यहरूमा भूमिका गिरी, रिता दाहाल, सम्झना ढुङ्गना, रोजी श्रेष्ठ, सीवता थापा, नरमाया खनाल, योगमाया पोखरेल र सुनिता अग्रवाल रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप